Techie IT

समृध्दिका लागीएक घर एक करेसाबारीको नारा साकार पार्छु :वडा अध्यक्ष रावल


मंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोलिका वडा अध्यक्ष खगेन्द्र रावलले खानेपानी कृषी गुर्णस्तरिय शिक्षा र एक घर एक करेसाबारी भन्ने नारा पहिलो प्राथामित्तामा राखेको बताएका छन ।

आफु वडा अध्यक्षमा निर्वाचित भइसके पछि वडाको समग्र बिकासका लागि खानेपानी, सिचाइ, सडक र कृषकका बिभिन्न प्रजातीका बिउ बिजन बितरण, पशु औषधी खरिद लगायत बिकाश निमार्ण योजनाहरुमा पहिलो बर्षको बजेट बिनियोजन गरेको बताएका छन ।

रेडियो बान्नीगढी संग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष रावलले वडाका महिलाहरुले घरायसी काममा बषौ देखि कष्ट भोग्दै आउनु परेकाले त्यो दुःख कष्टलाइ मध्यनजर गर्दै महिलाहरुलाइ त्यो कार्यबोज हटाउनका निमिंत वडामा मिल संचालन गर्ने योजना बनाएको उद्धघोष गरेका छन ।

यसैबिच उनले सुशासनका क्षेत्रमा हाल भैरहेको अनियमितताका बिषय पनि जनतलाइ केद्रित गराउनका लागि बजेट बिनियोजन गरेको बताएका छन ।

वडामा बषौ देखि तमाम समस्याले झेलिरहेको पिडालाइ महशुस गर्दै वडामा हुने बिभिन्न खालका समस्यालाइ जनातको जिवन स्तरमा रुपान्तरण ल्याउदै जनताका न्युनतम आकाक्षा हरु पुरा गर्न, राज्यले दिएको मौलिक हक अधिकार दिने, कसैलाइ अफ्ठ्यारो पर्दा आफु संग भएका श्रोत र साधन जनताको प्रयोजनमा दिने, र जनताको सेवाका लागि आफु निरन्तर खटिरहने बताएका छन ।

आफ्नो वडा सरकारको पाच बर्षको अवधि भित्र निर्वाचन अगाडि जनता संग गरेका बाचा पुरा गर्ने, वडाका नागरिकले यातायातको सुबिधा पाउने, जनताहरुले गुर्णस्तरिय शिक्षा र स्वास्थ्यको सुबिधा पाउने,प्रतेक व्यक्तिलाई योग्यता र क्षेमता अनुसारको रोजगारको सृजना गर्ने, नारिकलाइ पहिलेको सरकारको भन्दा राम्रो काम गरेको महसुश दिलाउने, वडा सरकारले गर्न नसकेका अधुरा योजनाहरु पुरा गर्ने घोषण गरेका छन ।

यस्तै उनले भाद्र ३१ गते परेको अबिरल बर्षाले पनि वडामा ठुलो भैतिक क्षति भएको बताएका छन । मंगलसेन नगरपाकिाका १४ वटा वडाहरु मध्य वडा नम्बर ११,१२,१३,र १४ मा ठुलो क्षति भएको बताउदै जस मध्य २० वटा घरहरु जाखिमका रहेको र करिब ३५ वटा बालिनालि खेति योग्य जमिनमा ठुलो क्षति भएको बताउदै त्यसको क्षतिर्पुतिका लागि सर्वदलिय बैठकको आयोजना गरेर तथ्यांक संकलन गरि सम्बधित निकाय सम्म पुराएर किसानलाइ क्षतिपुर्ति दिलाउन पहल गरिरहेको बताएका छन ।

कुराकानी : खगेन्द्र रावल


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

बि.क बान्नीगढी टुडेको संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!