अछाम क्षेत्र नम्बर १ को मत गणना सुरु

अछाम जिल्लाको क्षेत्र नम्बर १ मा मत गणना सुरु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फको मत गणना सुरु भएको हो ।
जनता आधारभूत विद्यालय, सिउँडी माद्यामिक विद्यालय चौरपाटी गाउँपालिका वडा नम्बर १ र पिंगला माद्यामिक विद्यालय रामारोशन गाउँपालिका १ का मतहरूको मत गणना सुरु गरिएको छ ।
जनता आधारभूत विद्यालय मतदान केन्द्रमा ७ सय २३ ,सिउँडी माद्यामिक विद्यालय मतदान केन्द्रका ६८३ ,पिंगला माद्यामिक विद्यालय मतदान केन्द्रका ८३४ गरि २ हजार २ सय ४० मतको गणना सुरु गरिएको हो ।
अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागी नेकपा एमालेका झपट बहादुर बोहरा ,नेकपा एकीकृत समाजवादी शेर बहादुर, स्वतन्त्र उम्मेद्वार राजन कुँवर,हिक्मत कुँवर र तेज प्रसाद उपाध्याय चुनावी मैदानमा रहेका छन् ।
अछाम क्षेत्र नम्बर १ मा कुल ४१ हजार ६ सय ४३ मत खसेको छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस