Techie IT

एकीकृत समाजवादीले खाता खोल्यो, अछाममा कुँवर विजयी


नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ ।

अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवर निर्वाचित भएका हुन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन् ।

बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!