अछाम २ मा गठबन्धनको तर्फबाट काग्रेसका शाह विजयी

अछाम क्षेत्र नम्बर २ मा २३ बर्ष पछि नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
सत्ता गठबन्धनका दलको सर्मथनमा नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाह विजयी भएका हुन् ।
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका विजयी शाहले नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटीलाई ७ हजार २० मतान्तरले पराजित गरेका हुन ।
शाहले २३ हजार ५४ र बाेगटीले १६ हजार ३४ मत प्राप्त गरेका थिए । यसअघि २०७४ सालमा भएको प्रतिनिधी सभाको निर्वाचनमा बाम गठबन्धनबाट चुनाव लडेका बोगटी संग कांग्रेसका शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए ।
त्यस निर्वाचनमा बोगटीले २१ हजार ९६५ मत पाएर विजयी भएका थिए भने पुष्प शाहले १९ हजार १०६ मतमा साथमा निकटतम प्रतिद्वन्द्वीमा रहेका थिए ।
यस क्षेत्र बाट राष्टिय प्रजातन्त्र पार्टीका मिन बहादुर शाही, नेपाल मजदुर किसान पार्टीका झंकर बहादुर शाही र स्वतन्त्र उम्मेद्धार चन्द्र प्रसाद ढुंगाना पनि प्रतिष्पर्धामा थिए ।
उनिहरुले क्रमश मत प्राप्त गरे ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस