सुरक्षित गर्भपतन सेवा कार्यक्रमको दिगोपनाका लागि अन्तक्रिया साँफेबगरमा सम्पन्न

सुरक्षित गर्भपतन कार्यक्रमको दिगोपानाका लागी अन्तक्रिया कार्यक्रम अछामको साँफेबगरमा सम्पन्न भएको छ ।
“अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य” भन्ने मुल नाराका साथ कार्यक्रको आयोजना गरिएको थियो ।
पिसविन शान्तिदीप सुरक्षित गर्भपतन सेवा सवलीकरण परियोजनाको आयोजना तथा आईपास नेपालको सहयोगमा भएको तालिममा अछामको मेल्लेख गाउँपालिकाका जनप्रतिनिधि, र स्वास्थ्यकर्मी हरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सुरक्षित गर्भपतन सेवा दिगोपनका लागि स्वास्थ्य संस्था मा भएका समस्य सहित कार्ययोजना सहित तयार पारिएको छ ।
यस्तै सुरक्षित गर्भपतन सेवा सम्बन्धि ऐन नीति ,स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन का लागि कार्यबिधि र स्वास्थ्य संस्था स्वास्थ्यकर्मी सुचिकृत गर्ने बिषयमा पनि छलफल गरिएको थियो ।
यसरी स्वास्थ्य अधिकार प्राप्तिका लागि सबैले चासो देखाउनु पर्नेमा पु्र्ण प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन । कार्यक्रम दिगो कार्यनयन को लागि अनुगमन पनि निरन्तरता हुनुपर्ने बताएको छ । सुरक्षित गर्भपतन सेवाका सुचक पूरा गर्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा बिशेषगगरि अहिले पनि जिल्लाका बिभिन्न स्थानिय तहहरुमा असुरक्षित गर्भपतन गर्ने महिलाहरुको संख्या बढ्दै गएकाले यसको न्युनिकरणका लागी प्रभावकारी सेवा प्रवाह गर्न जनप्रतिनिधि, कर्मचारि र सरोकारवालाहरुको सहभागीतामा अन्तरक्रिया को आयोजना गरिएको थियो ।
कार्यक्रम मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष तिलक कडायतको अध्यक्ष्ताामा सम्पन्न भएको थियो । कार्यक्रममा मेल्लेख वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमबहादुर महर निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकार मेल्लेख ठाँटि स्वास्थ्य इन्चार्ज नरेन्द्र शाह लगायतले सुझाव राखेका थिए ।
कार्यक्रममा मेल्लेख स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकु्ल्लाले आगामि गर्नुपर्ने क्रियाकलाप सहितको कार्ययोजना पेश गर्नु भएको थिया ।
कार्यक्रममा सहभागीहरुले तालिम निकै उपयोगी भएको भन्दै सिकेका कुराहरुको पालिका तथा वडाहरुमा लागु गर्नका लागी तत्पर रहेको बताएका थिए । आगामि दिनहरुमा पनि स्वास्थ्यको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु पालिकामा लागु हुनेमा विश्वास व्यक्त गरेका थिए ।
अन्तक्रियाले आफुहरुलाई स्वास्थयको क्षेत्रका हरेक गतिविधिहरु गर्न सहज भएको बताएका छन् । आउने दिनहरुमा संस्थाले पालिका अन्तरगतका हरेक वडाहरुमा स्वास्थ्य क्षेत्रका गतिविधिहरु सञ्चालन गर्नेमा विश्वास व्यक्त गरेका छन् ।
तालिमको सहजिकरण पिसविनका कार्यक्रम प्रबन्धक धर्म रोकाय र आई पास नेपाल का प्रदेश सयोजक उपेन्द्र कुवरले गर्नुभएको थियो ।
आइ पास नेपाल र पिस पिन सान्तिदिप सुरक्षित गर्भपतन सेवा सबलिकरण परियोजनाले सेवा प्रदायक संस्था को रुपमा प्राबिधिक सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस