Techie IT

जातीय आधारमा गरिने विभेद अन्त्य हुनुपर्नेमा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको जोड


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजमा जातीय आधारमा गरिने सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक र लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गरिनुपर्ने बताएका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०६३ जेठ १८ गतेको निर्णयबाट जेठ २१ गते भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको घोषणा गरेसँगै नेपालका उत्पीडित दलित समुदायले आजको दिनलाई उत्साहका साथ मनाउने गरेका छन् । नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको एक दशक नाघेपनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन ।NRN


क्याटेगोरी : राष्ट्रिय, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस