Techie IT

मिडिया काउन्सील विधेयक बारे दुई दिन सम्म देशैभरि ब्यापक छलफल हुने


नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुले आज र भोली स्थानीय राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने भएका छन्। महासंघको केन्द्रीय समितिले घोषणा गरेको कार्यक्रम अनुसार जिल्ला शाखाहरु मध्ये कतिपयले आज, कतिपयले भोली र कतिपयले दुवै दिन कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।
छलफलमा सहभागीहरुलाई मिडिया काउन्सील विधेयकमा संशोधन गर्नु पर्ने प्रावधानका बारेमा जानकारी गराउनुका साथै उनीहरुको राय र समर्थन समेत माग गरिने भएको छ । मिडिया काउन्सील विधेयकमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता निमोठ्ने प्रावधान राखिएको भन्दै पत्रकार महासंघ लामो समयदेखि चरणबद्ध आन्दोलनमा रहेको छ ।
महासंघले यसपछि यही जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ । त्यसपछि पनि यो महीना भरीका लागि महासंघले विभिन्न कार्यक्रमहरु घोषणा गरेको महासंघका सचिव दाहालले जानकारी दिनुभयो ।
मिडिया काउन्सील विधेयक लगायतका विधेयकहरुको विरोधमा पुर्वघोषित आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले यसअघि विधेयकले समाचार कक्षमा पार्ने प्रभावका बारेमा छलफल चलाएको थियो ।
त्यसैगरी विभिन्न दलका सांसदहरु, महासंघका पुर्वअध्यक्षहरु र सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गरेको छ भने संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका नेताहरुलाई भेटेर महासंघले ध्यानाकर्षण पत्र बुझाइसकेको छ । NRN


क्याटेगोरी : राष्ट्रिय, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!