Techie IT

आज रात्री १२ बजे बाट पेट्रोलको मूल्य घट्ने


नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ ।

‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँयाका दरले समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य समायोजनसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य रु ११० प्रतिलिटर कायम भएको छ । भारतीय आयल कर्पोरेशनबाट यही जेठ १८ गते प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थ मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

डिजल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । रासस


क्याटेगोरी : राष्ट्रिय, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस