Techie IT

बाँकेमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु: काम सरसफाई र बगैँचा गोडमेल


बाँके जिल्लाका ८ स्थानीय तह मध्ये कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन्। कोहलपुर नगरपालिका ६ र १४ बाहेक सवै वडाका बेरोजगार युवालाई रोजगार दिएको छ।

नगरपालिकाले अहिलेसम्म २२५ जना युवालाई रोजगार दिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख भद्र थापाले बताए। एउटा वडाबाट १५ जनाका दरले जम्मा तीनसय यूवालाई यसै आर्थिक वर्षमा रोजगार दिने योजना भए पनि वडाबाट योजना नआएका कारण सवै युवालाई समेट्न नसकिएको उनले उनले बताए। उनले युवालाई सरसफाई लगायत वडास्तरबाट छनोट भएका विकासको योजनामा खटाइएको बताए।

युवाको योग्यता, क्षमता, दक्षता र सीप अनुसार काम दिइएको बताउँदै उनले धेरैजसो युवालाई विकास, निर्माणमा खटाइएको जानकारी दिए। कोहलपुर नगरपालिकामा पाँच हजार २५ जना युवाले रोजगारका लागि निवेदन दिएका थिए। ती मध्येबाट विपन्न, अल्पसंख्यक, सीमान्तकृत र पछाडी परेका समुदायको यूवालाई छनोट गरि रोजगार दिएको बताए। खजुरा गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। पहिलो चरणमा ६० जना युवालाई रोजगार दिएको गाउँपालिकाका सूचना अधिकारी दीलबहादुर पौडेलले बताए।

उनले युवालाई गाउँपालिकाको कार्यालय परिसरको सरसफाई र बगैँचा गोडमेलको काम दिइएको बताए। उनले वडा कार्यालयबाट योजना नआएका कारण बेरोजगार युवालाई रोजगार दिन नसकिएको बताए। खजुरा गाउँपालिकाले १२५ जना युवालाई रोजगार दिने योजना छ। वडा स्तरबाट योजना नआएका कारण नेपालगन्ज उपमहानगरपालिकाले पनि युवालाई रोजगारी दिन सकेको छैन। असार १ बाट काममा खटाउने तयारी भइरहेको उपमहानगरका रोजगार अधिकृत हरिबोल भट्टराईले जानकारी दिए। उनले वडाबाट योजना माग गरिए पनि अझैँसम्म नआएको बताए। Thaha khabar


क्याटेगोरी : राष्ट्रिय, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस