अध्ययनविनै खनिएका सडकका कारण देशभरि नागरिकलाई सास्ती

अध्ययन बिनै जथाभावी खनिएका सडकले मुख्य ठूला राजमार्गमा असर गरेको छ । पूर्व तयारी र अध्ययनविनै खनिएका सडकका कारण नागरिकले सास्ती पाइरहेका छन् । वातावरणिय मूल्याङ्कन र पर्याप्त अध्ययन विना सडक निर्माण गरिएका कारण अहिले देशका ठाउँ ठाउँका सडक पहिरो र बाढीका कारण अबरुद्ध बनेका छन् ।
संघीय सरकारले जथाभावी ग्रामीण सडक नखन्न स्थानीय सरकारहरुलाई अनुरोध गरेको छ । राम्रो अध्ययन बिना खनिने त्यस्ता सडकले ठूला राजमार्गलाई असर गरेको भन्दै सरकारले यसतर्फ सचेत हुन आग्रह गरेको हो । मुख्य राजमार्ग माथिका डाँडामा खनिएका शाखा सडकका कारण विशेषतः वर्खाको समयमा पहिरोले मुख्य ठूला राजमार्ग रोकिएको भन्दै सडक विभागले जथाभावी सडक खन्ने काम रोक्न आग्रह गरेको छ । पत्रकारसंग कुराकानी गर्दै सडक विभागका उप महानिर्देशक शिवहरी सापकोटाले सडक खन्नुपूर्व इन्जिनियरसँग सल्लाह गरेर र सडक विभागलाई एकपटक सोधेर मात्रै काम अगाडी बढाउन आग्रह गर्नुभयो । निरन्तरको वर्षा र त्यसपछिको बाढी, पहिरोका कारण अहिले देशका ९ भन्दा बढि मुख्य राजमार्ग अवरुद्ध छन् । CIN
क्याटेगोरी : राष्ट्रिय, समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस