साताअघि नै सिंहदरबारमा तामझामका साथ तीज मनाइयो

तीज पर्व भड्किलो भएको भन्दै यतिबेला चिन्ता व्यक्त भइरहेको छ । गृह मन्त्रालयले तीज भड्किलो र खर्चिलो नबनाउन सर्कुलर नै जारी गरेको छ । तर, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा नै तीज आउनु अगावै तामझामका साथ कर्मचारीले मनाएका छन् ।

नेपाल समाचारपत्रका अनुसार, सिंहदरबारभित्र रहेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा तीज कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा महिलाहरु कर्मचारीले मन्त्रालयमा गर्नुपर्ने कामदेखि पीरमर्कासमेत समावेश गरेर गीत प्रस्तुत गरेका थिए । समाचारमा उल्लेख भएअनुसार महिलाले गीत बजाउँदा मन्त्री वर्षमान पुनले भने ताजी बजाएर साथ दिएका थिए । onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker