Techie IT

औषधी अभावका बिषयमा बान्नीगढी गाउँपालिकाको बेवास्था ( कुराकानी सहित )


बान्नीगढी जयगढ गाँउकार्यपालिकाको देस्रो बैठक बिभीन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नयाँ आर्थिक बर्ष शुरु भए पछि आज दोस्रो पटक कार्यपालिकाको बैठक सम्पन्न भएको हो । बैठकले कर्मचारी ब्याबस्थापन गर्ने लगाएतका निर्णय गरेको गाँउपालिका उपाध्यक्ष लोक बहादुर साँउदले जानकारी दिनुभयो ।

कार्यपालिका बैठकमा बिभीन्न आधा दर्जन बिषयमा छलफल भएपनि अहिले गाउपालिकामा सर्बाधिक जनचाँसोको बिषय बनेको औषधी लापरबाहीको बिषयले भने प्रबेश नै पाएन । गाँउपालिकाका बिभीन्न स्वास्थ्य चौकीमा बिगत चार महिनादेखी औषधीको चरम अभाब रहेको भएपनि गाँउ कार्यपालिका जस्तो महत्वपुर्ण बैठकमा यस बिषयले प्रबेश नै नपाएको हो ।

औषधी लापरबहीको बिषयलाई कार्यपालिका बैठकमा छलफल गरेर छानबिन गरि दोषिलाई कारबाही गर्ने बताउनु भएका उपाध्यक्ष साउँदले कार्यपालिका बैठकमा औषधी अभावका बिषयमा कुनै छलफल नभएको बताउनु भयो ।

गाउँपालिकाका बिभिन्न स्वास्थ्य चौकिमा लामो समयदेखी अत्यावश्यक औषधीको अभाव रहेको बिषयमा रेडियो बान्नीगढीले पटक पटक समाचार प्रकाशन र प्रशारण गर्दै आएपनि बान्नीगढी जयगढ गाउँपालिकाले भने यस बिषयमा कुनै चाँसो नै नलिएको पाईएको छ ।

४ महिनासम्म औषधी अभाव के कति कारणले भएको भन्नेबारे जाँचबुझ गरि दोषीलाई कार्वाहि गर्ने उल्लेख गर्नु भएका गाउँपालिका उपाध्यक्ष साउँदले नै कार्यपालिका बैठककमा औषधीको बिषयले प्रवेश नै नपाएको बताएपछि गाउँपालिका स्वास्थ्य जस्तो गम्भिर बिषयमा समेत सम्वेदनशिल नभएको देखिएको हो ।

गाउँपालिकामा उपलव्ध औषधी बितरणमा गाउँपालिकाको स्वास्थ्य शाखाले लापरवाहि गरेको पुष्टी हुदा समेत यस बिषयमा छानविन तथा दोषीलाई कार्वाहि गर्न गाउँपालिकाले कुनै चासो नदेखाएको भन्दै स्थानिय आक्रोशित बनेका छन । स्वास्थ्य जस्तो सम्वेदनशिल बिषयमा कुनै चासो नदिई अन्य बिषयमा मात्रै कार्यपालिका बैठकमा छलफल भएको भन्दै आलोचना समेत हुन थालेको छ ।

यसैबिच आज हामीले यसैबिषयमा गाँउपालिका उपाध्यक्ष लोक बहादुर साँउदसंग कुराकानि गरेका छौँ । कुराकानिको शुरामा उहाँलाई हामीले आज बसेको कार्यपालिका बैठकले के के निर्णय गर्यो भनेर सोधेका छौँ ।
कुराकानी ः लोक बहादुर साउँद ।।


क्याटेगोरी : राष्ट्रिय, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस