‘स्क्रब टाइफस’को जोखिम बढ्दै,यस्ता छन लक्षण

सन् १९३० मा जापानमा पहिलोपटक देखापरेको ‘स्क्रब टाइफस’ नेपालमा पनि देखिन थालेको छ । मुसामा पाइने किर्नाको टोकाइबाट सर्ने यो रोग २०७२ सालको भूकम्पपछि वर्षेनि नेपालमा देखापर्न थालेको चिकित्सकहरुले बताएका छन् ।
यसै वर्षमात्रै सरुवारोग केन्द्रले २३ जना स्क्रब टाइफसका बिरामीको उपचार गरेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग नियन्त्रणमा आउन थालेको समयमा पुनः नयाँ रोग स्क्रब टाइफसको समस्या बढ्दै गएको छ ।
वर्षायाम सुरु भएसँगै देखिएको स्क्रब टाइफसबाट हालसम्म ६९५ व्यक्ति प्रभावित भएका छन् । मुसामा पाइने एक प्रकारको किर्नाको टोकाइबाट सर्ने स्क्रब टाइफस सबैभन्दा धेरै प्रदेश नम्बर–५ मा देखापरेको छ । त्यहाँ २३७ जनामा यो रोग देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा १५५ जना व्यक्ति प्रभावित भएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले मुसा र झाडी बढी भएको ठाउमा यस किसिमका किर्ना भेटिने हुँदा खेतबारीमा काम गर्ने र जंगल जाने मानिसहरु बढी जोखिममा रहेको जानकारी दिए ।
किर्नाले टोकेको ७ देखि १४ दिनपछि यो रोगको लक्षण देखापर्न थाल्छ । यो रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, पखाला लाग्नेलगायतका लक्षण देखापर्ने डा। लालले जानकारी दिए । समयमा नै उपचार नभए यस रोगको व्याक्टेरिया रगतमा प्रवेश गरी मिर्गौला, फोक्सो, र कलेजोमा समस्या देखापरी बिरामीको मृत्यु नै हुने चिकित्सकहरु बताउँछन् ।
तर, लक्षण देखापर्नासाथ उपचार गरे यो रोग पूर्णरुपमा निको हुने डा। लालले जानकारी दिए । अन्न भन्डार गर्ने ठाउँमा मुसा लाग्ने समस्या नियन्त्रण गर्ने, घरमा मुसा लाग्न नदिने र व्यक्ति आफैं सचेत हुने हो भने यो रोग नियन्त्रण गर्न सकिने चिकित्सकहरु बताउँछन् । imagekhabar
क्याटेगोरी : राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस