नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको छ -अमेरिका

नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले ब्रिफिङ गरेकी छन् ।
एसिया तथा प्यासिफिक परराष्ट्र मामिलासम्बन्धी एसिया तथा प्रशान्त क्षेत्रीय उपसमितिमा वेल्सले नेपाल सम्बन्धी ब्रिफिङ गरेकी हुन् ।
नेपालमा चिनियाँ प्रभाव बढ्दो छ। त्यसैले तिब्बती समुदायमाथि नेपाल सरकारको प्रतिबन्ध छ,उनले ब्रिफिङमा भनेकी छन्,सरकारले तिव्वतीयन बुद्धिष्ट समुदायलाई प्रतिबन्ध लगाउने क्रम बढेको छ। दलाई लामाको जन्मोत्सव मनाउने सार्वजनिक समारोहमा पनि रोक लगाइएको छ।
नेपालमा सन् २०१८ मा जारी भएको फौजदारी अपारध संहिताले जबरजस्ती धर्म परिवतर्न अपराध मानेकोले धार्मिक अल्पसंख्यक समुदायहरु जोखिममा परेका बताउँदै उनले नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा कुनैपनि आस्था राख्ने र धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चतता त गरेको छ तर व्यवहारमा लागू हुन भने चुनौती रहेको जनाएकी छन्।
उनले नेपालमा पछिल्लोपटक बन्न लागेका मिडिया कानुन सम्बन्धी पनि टिप्पणी गरेकी छन्। नेपालमा प्रेस स्वतन्त्रता, लोकतन्त्रको सिद्धान्तहरुको रक्षा गरेको छ तर हालै अनलाइन मिडियाहरुसम्बन्धी नियम र निर्देशनहरुले प्रेस स्वतन्त्रता माथि प्रतिबन्ध लगाउने आधार तय गरेको उनले ब्रिफिङमा भनेकी छन्।
नेपाल सरकारले संवैधानिक रुपमा सुनिश्चित भएका अधिकार र सर्वसाधारणको चासोहरुलाई संविधानले दिएको स्वतन्त्रता अनुसार हुनेगरी कानुन निर्माण गर्ने जवाफ दिएकी छन्।
क्याटेगोरी : राष्ट्रिय, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस