देशका अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली , केहि स्थानमा तुवालो
आज आंशिकदेखि सामान्य बदली हुने

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार अहिले देशका अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको छ । आज दिउँसो देशका पूर्वी र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ ।
पूर्वी र मध्यका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति देशका पूर्वी र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकाको मौसम बिहानैदेखि धुम्मिएको छ ।