यौन दुर्व्यवहार आरोपमा ४५ छात्राद्धारा शिक्षक विरुद्ध उजुरी

ललितपुरको चांपाथलीस्थित नारायण आधारभूत विद्यालयका छात्राहरुले १ फागुनमा प्रधानाध्यापक सविता सिलवाललाई ‘केटीहरुमाथि अन्याय भएकोले छानविन गर्न’ हस्तलिखित सामुहिक उजुरी दिए।
३, ४ र ५ कक्षामा पढ्ने छात्राहरुले दिएको उजुरीमा लेखिएको छ, ‘श्रीमान् प्रिन्सिपल, हामी केटीहरुमाथि अन्याय अत्याचार भएको छ। केटीहरुलाई ढाडमा सुम्सुम्याउने, छात्तितिर छुन आउने, विभिन्न अंगमा छुन आउने, नचाहिँदो व्यवहार गर्ने। हामी यस्तो समस्यामा परेका छौँ। हामी यस्तो अत्याचार सहन सक्दैनौँ।
नन्द सरले हामीलाई नराम्रो व्यवहार गरेकाले तपाईंहरुले छानविन गरिदिन अनुरोध गर्दछौँ।’ आरोपित शिक्षक नन्दप्रसाद निरौला उक्त विद्यालयमा कक्षा ५ सम्म सामाजिक विषय पढाउँछन् भन्ने खबर कान्तिपुर दैनिकमा छ। छात्राहरुको उजुरीपछि आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राख्यो।
गत आइतबारसम्म पीडित पक्षको जाहेरी नपरेको भन्दै हाजिरी जमानीमा प्रहरीले निरौलालाई छाड्यो। सोमबार हाजिरी जमानीमा आएका आरोपित शिक्षकलाई पुनः प्रहरीले हिरासतमा राखेको छ। उजुरीको अघिल्लो पृष्ठमा १९ जनाले र पछिल्लो पृष्ठमा २६ छात्राले हस्ताक्षर गरेका छन्। छात्रा सबै १३ वर्ष मुनीका छन्। थाहा खबरबाट साभार
क्याटेगोरी : राष्ट्रिय, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस