बाँदर धपाउनकै लागी ४० लाख विनियोजन

बाँदर व्यवस्थापन गर्न वाग्मती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
बाँदरबा पीडा भोग्दै आएका सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका चार गाउँका बासिन्दालाई बाँदर नियन्त्रण गर्न निर्देशनालयले उक्त रकम अनुदानको रुपमा उलपब्ध गराउने लागेको समाचार कान्तिपुर दैनिकमा छ।
लामो समयदेखि बाँदरबाट समस्या भोग्दै आएका सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–५ धुसेनीका बासिन्दालाई बाँदरको व्यवस्थापन गर्न निर्देशनालयले अनुदान रकम उपलब्ध गराउन लागको निर्देशनालयका अधिकृत एवं सूचना अधिकारी बब्लु ठाकुरले बताए। यस्तै, काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका–१ ओखरेनी मूलखर्कका बासिनदा पनि बाँदरबाट पीडित छन्।
बाँदर व्यवस्थापन गर्नका लागि प्रदेश सरकारसँग २० लाख रुपैयाँ मागेका थिए। तर उनीहरुले बाँदर व्यवस्थापन गर्न १० लाख रुपैयाँ अनुदान पाएका छन्। यस्तै, दक्षिणकाली–७ र शंकरापुर नगरपालिका–४ मा पनि १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको छ।thahakhabar
क्याटेगोरी : राष्ट्रिय, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस