बिरामीको नमुना लिन नेपालगञ्ज गएको जहाज दुघर्टना

कोरोना जाँचको लागि नुमना लिन नेपालगञ्ज गएको नेपाल कोरोनाको शंका लागेका बिरामीको स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल वायुसेवा निगमको जहाज दुघर्टनामा परेको छ ।

नेपालगञ्ज विमानस्थलमा वाइ १२ जहाज अवतरणको क्रममा विमान चिप्लेर घाँसे मैदानमा पुगेको छ । दुघर्टनामा मानवीय क्षति नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा सामान्य क्षति पुगेको छ ।

अब स्वाबको नमुना लिन नेपाल एअरलाइन्सकै अर्को जहाज नेपालगञ्ज पठाउने तयारी रहेको अपरेसन विभागका प्रमुख दिपु जुहार्चनले जानकारी दिनुभयो । धनगढी, नेपालगञ्ज दाङ लगायतका पश्चिम क्षेत्रमा कोरोनाको आशंकामा शंका गरिएको विरामीको नमुना लिन जहाज नेपालगञ्ज गएको थियो । उज्यालोबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker