त्रिशूलीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सहचालक सम्पर्कमा

त्रिशूली नदीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सह(चालक सम्पर्कमा आएका छन् ।

बिहान ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङको गल्छी गाउँपालिका(६ चरौँदीबाट त्रिशूली नदीमा खसेको थियो ।

ट्याङ्करका चालक र सहचालक भने भेटिएका थिएनन् । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ का ३२ वर्षका सुदीप बोहरा र सहचालक मनिष नगरकोटी सम्पर्कमा आएका हुन् ।

त्रिशूली नदीमा खसेको ट्याङ्करमा आगो लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो ।

नदीमा खसेको गाडी पानीमा डुबेको छ । केही भाग देखिएको छ ।

उज्यालो अनलाईनबाट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker