एकैदिन ४ हजार ३६४ सङ्क्रमित थपिए, २ हजार ६७५ जना डिस्चार्ज

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको छ । गएको २४ घण्टामा चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १८ हजार चार सय ७३ जनाको नमुना परीक्षण गर्दा चार हजार तीन सय ६४ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार ६ सय ७५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७१ हजार तीन सय ४३ पुगेको छ ।
बिहीबार कोरोना पुष्टि भएकाको यो सङ्ख्या एकैदिन सङ्क्रमण पुष्टि भएका सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार १४ हजार दुई सय नौ जनाको पीसीआर परीक्षण गरेकोमा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको थियो ।
अब नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ६० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उज्यालो अनलाइन बाट साभार
क्याटेगोरी : राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस