१० लाख कोरोना खोप आज आइपुग्ने
खोप भण्डारणदेखि लगाउनेसम्मको तयारी पूरा

नेपाल सरकारको पहलमा भारत सरकारले नेपाललाई अनुदानमा दिने भनिएको कोरोनाविरुद्धको खोप १० लाख डोज ९मात्रा० उपलब्ध गराएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले अनुदानमा उपलब्ध गराउने खोप आज नै नेपाल आइपुग्ने जानकारी दिनुभयो ।
नेपालमा आउने खोप कोभिसिल्ड हो ।
खोप अभियानका लागि सबै तयारी पूरा भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्यमन्त्री त्रिपाठीले नेपाल र भारतबीच मित्रताको अनुपम उदाहरण भएको भन्दै आगामी दिनमा खोप खरिदमा पनि सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो ।
उहाँले खोप ल्याउन आर्थिक, प्रशासनिक र प्राविधिक जटिलता नभएको बताउनुभयो ।
बुधबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी अनुदानमा खोप उपलब्ध गराउनेबारे जानकारी गराइएको थियो ।