Techie IT

सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ ।

मंगलबार रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

प्रधानमन्त्रीले क्लबले सफलताका २३ वर्ष पार गरेकोमा हार्दिक बधाई तथा धन्यवाद दिनुभएको थियो ।


क्याटेगोरी : राष्ट्रिय, समाचार, समाज, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!