देशभर गर्मी बढ्यो भोलिदेखि केही दिन मौसम बद्ली भइ केही ठाउँमा ठूलो पानी पर्ने

उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हिजो काठमाण्डौको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको थियो भने तराईका जिल्लामा ३७ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको थियो ।
आज काठमाण्डौको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । नेपालगञ्ज र दिपायलको तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।
यस्तै, धनगढीको तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियससम्म,वीरेन्द्रनगरको ३२ देखि ३४, दिपायलको २९ देखि ३१ डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
हिजो, अस्ति र आज गर्मी बढे पनि भोलिदेखि फेरि मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र चक्रवातमा परिणत हुने र यसको असर नेपालमा समेत पर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार यो प्रणालीका कारण भोलि दिउँसोपछि देशका धेरै ठाउँमा सामान्यदेखि पूर्ण बद्ली भइ वाग्मती प्रदेश र प्रदेश(१ का हिमाली र उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात र वर्षाको सम्भावना छ ।
यस्तै, हिमाली क्षेत्रमा हावाहुरीसमेत हुन सक्ने सम्भावना रहेकाले भोलिदेखि केही दिनसम्मका लागि पर्वतारोहीलाई मौसम अनुसार सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
यस्तै, पर्सी बुधवार देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । प्रदेश(१, प्रदेश २ तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
यस्तै बिहीवार कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।
यस्तै, प्रि(मनसुनको यो सिजनमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिना पानी समेत पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
क्याटेगोरी : राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस