Techie IT

यातायात व्यवसायीको विरोध र्‍यालीले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त


भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।व्यवसायीले साना या ठूला सवारी साधनसहित र्‍याली गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध र्‍याली निकाल्दा थप जाम भएको छ ।

व्यवसायीले चक्रपथमा सवारी र्‍याली निकालेका थिए । १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका हुन् ।साथै उनीहरुले कर्मचारीलाई कोरोना खोप उपलब्ध गराउनउनुपर्ने, कोरोना समयमा नवीकरण या जरिवाना छुटको माग राखेका छन् ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!