Techie IT

ओलम्पिकमा नेपाल : कल्पनाको राष्ट्रिय कीर्तिमान, सोनियाले सवा मिनेटमै गुमाइन् खेल


टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । शनिबार बिहान भएको छनोट चरणमा कल्पनाले ६ सय १६ दशमल ८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । उनले १३ औं सागमा ६ सय १४ दशमलब ५ अंक जोड्दै बनाएको कीर्तिमान तोडेकी हुन् ।

राष्ट्रिय कीर्तिमान बनाए पनि ५० खेलाडी सहभागी प्रतिस्पर्धामा उनी ओलम्पिकमा ४६ औं स्थानमा रहिन् । सुटिङ खेलाडी कल्पनाले वाइल्ड कार्ड पाउँदै टोकियो २०२० ओलम्पिकमा सहभागिता जनाएकी हुन् ।

त्यसैगरि नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । बिहान भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।

१९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भएकी हुन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् । सोनिया पनि वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस