Techie IT

महाकवि देवकोटाको घर भत्काउन थालियो, सङ्ग्रहालय बनाइने


महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर सङ्ग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ ।

काठमाण्डौ महानगरपालिका ३० मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले सङ्ग्रहालय बनाउन लागेको हो ।

महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ ।

उहाँहरूको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरू जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ । महाकवि देवकोटाको घर सरकारले दुई करोड ५० लाख रुपैयाँमा किनेको हो । देवकोटाले त्यो घर विसं १९९० सालतिर किनेको बताइएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस