‘असोज पहिलो हप्तासम्म जुनसुकै बेला पहिरो जान सक्छ, थप सजग बनौँ’

अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानले देशका धेरै ठाउँमा नोक्सानी गरेको छ । केही दिनयता वर्षाको धेरै असर लुम्बिनी र गण्डकी प्रदेशमा परेको छ ।
पर्वतमा आज पहिरोले घर पुरिँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् । पर्वतको धेरै ठाउँमा पहिरो गएको छ । यस्तै, अस्तिदेखि परेको अविरल वर्षाका कारण पोखरामा पनि धेरै ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर हिजो पाँच जनाको ज्यान गएको छ भने जमिन समेत भासिएको छ।
यस्तै, बुधवार राति दाङमा बाढीले कार बगाउँदा एकै परिवारका दिदी बहिनीसहित चार जनाको ज्यान गयो । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण क्षति बढिरहेको छ । यस्तो अवस्थामा सावधानी अपनाउन नसके थप क्षति हुन सक्ने भन्दै मौसमविद्ले सजग हुन आग्रह गरेका छन् ।
मौसमविद् वरुण पौडेलका अनुसार आउँदो असोज पहिलो हप्तासम्म नेपालमा मनसुन रहने सम्भावना छ । यसले गर्दा यो अवधिसम्म नै बाढी, पहिरो र डुबानको जोखिम रहेको छ । पानी पर्न छोडे पछि बाढी र डुबानको जोखिम कम हुने भए पनि पहिरो जाने जोखिम भने उस्तै रहने उहाँले बताउनुभयो ।
पानी पर्न रोकिँदा पनि सुख्खा पहिरो जाने जोखिम रहने मौसमविद् वरुण पौडेलले बताउनुभयो । लगातारको झरीले जमिन भिजिसकेकाले पानी पर्न कम हुँदा पनि पहाडी क्षेत्रमा पहिरोको जोखिम भने उस्तै रहने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।
विशेषगरी भिरालो जमिनमा घर भएकाहरु र यात्रा गर्नेहरु चनाखो हुुनुपर्ने उहाँले बताउनुभयो । मनसुन सक्रिय नै रहेकाले आज पनि वाग्मती, गण्डकी, प्रदेश(१ र २ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएको २४ घण्टामा पोखरामा सबैभन्दा धेरै पानी परेको छ । अहिले पोखरा, नवलपरासी, नेपालगञ्ज, काठमाण्डौलगायत ठाउँमा पानी परिरहेको छ ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस