आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवस मनाइँदै

मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता स् सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै छ ।
सन् २००२ मा काठमाण्डौ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ११ औँ शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ सालको भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ।
प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति र स्वरुपमा पनि परिवर्तन आएको छ । पहिले पहिले भारतका प्रमुख सहर हुँदै तेस्रो देश लगेर मानव बेचबिखन हुने गरेकोमा अहिले नयाँ नयाँ बाटो र गन्तव्यमार्फत बेचबिखन हुने गरेको पाइएको छ ।
प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको सिमा क्षेत्रमा कडाइ गर्न थाले पछि बेचबिखनको नयाँ शैली प्रयोग गर्न थालिएको छ । अहिले भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, इण्डोनेसियालगायतका मार्गबाट मानव बेचबिखन हुने गरेको पाइएको छ ।
यस्तै, मानव बेचबिखनका लागि इन्टरनेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँनयाँ एपको समेत प्रयोग हुन थालेको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारी, आप्रवासन र शिक्षाको आवरणमा नेपालबाट मानव बेचबिखन हुने गरेको छ ।
अहिले कोरोना महामारीका कारण रोजगारी गुम्दा धेरैजसो बेचबिखनको जोखिममा परेका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा मात्रै विभिन्न सङ्घ संस्थाको सहयोगमा १३ सय ३१ जनाको उद्धार गरिएको छ ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस