Techie IT

विद्यालय खोल्न हतार नगर्न अभिभावक महासङ्घको आग्रह


राष्ट्रिय अभिभावक महासङ्घले जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुनेमा जोड दिनुभएको हो ।

भौतिकरूपमा विद्यालय बन्द हुँदा पनि प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिँदै आएको र केही समय यसैगरी पठनपाठन गर्न सकिने उहाँको भनाइ छ । काठमाण्डौ उपत्यकासहित अरु जिल्लामा आउँदो असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने गरी तयारी भैरहेको छ ।

काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउन अन्तर्गत विद्यालयलगायतका क्षेत्र खोल्न सकिने निर्णय भइसकेकामा सम्बन्धित पालिकाले त्यसको ढाँचाबारे आवश्यक परामर्श गरी कार्ययोजना पेश गर्न भनिएको जानकारी दिनुभयो ।

उहाँले जोखिम भएका ठाउँमा विद्यालय खोल्न अनिवार्य नरहेको पनि स्पस्ट पार्नुभएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार, समाज

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस