Techie IT

युवा नेता साउदद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा


नेपाली काँग्रेस रामारोशन गाउँपालिकाका युवा नेता नवराज साउँदले महाधिवेशनको केन्द्रीय प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अपाङ्गबाट महाधिवेशन प्रतिनिधिमा उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

रामारोशन गाउँपालिका वडा नम्बर १ मलातिकोटका पूर्व वडा सभापति साउँदले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट वडा सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको थियो । तर उमेर नपुगेको भन्दै उहाँले उम्मेद्धारी फिर्ता लिनुभएको थियो ।

२६ वर्षीय नवराज साउँद पार्टीको सङ्गठन सुदृढीकरणमा सक्रिय हुनुहुन्छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार, स्थानीय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस