Techie IT

अर्गानिक खेतीलाई प्रवर्द्धन गर्न गड्यौले मल उत्पादन तालिम


अर्गानिक खेतीलाई प्रवर्द्धन गर्न वालिङमा गड्यौले मल उत्पादन सम्बन्धी तालिम दिन शुरु गरिएको छ । कम्पोष्ट मल उत्पादन गरी अगार्निक तरकारी खेतीको विस्तार गर्ने योजना अनुसार तालिम सञ्चालन गरिएको हो ।

वालिङमा सञ्चालन भइरहेको हरियाली पुनःउत्थान परियोजना अन्तर्गत नगरपालिकाका वडा नम्बर १,२,३ र ४ मा तालिम सञ्चालन गरिएको परियोजना प्रमुख विशाल बगालेले जानकारी दिनुभयो । नगरका १४ वटै वडामा तालिम सञ्चालन गरिने बगालेले बताउनु भयो ।

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको साझेदारीमा वालिङ प्रोडक्ट होल्डिङले फोहरमैला व्यवस्थापन तथा स्रोतको रुपमा प्रयोग गर्न परियोजना सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस