Techie IT

रामेछापमा जीप दुर्घटना स् एकै परिवारका तीन जनाको ज्यान गयो, १० वर्षका बालक घाइते


रामेछापमा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । १० वर्षका बालक घाइते भएका छन् । दुर्घटनामा लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको साइनो भने खुल्न बाँकी छ ।

घाइते १० वर्षका बालक धावा शेर्पा घाइते भएका र उनको मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उदृत गर्दै रामेछापका उज्यालो सहकर्मी दीपक भट्टले जनाएका छन् ।

काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसार कुनौलीमा दुर्घटनामा परेको हो ।


क्याटेगोरी : राष्ट्रिय, समाचार, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस