Techie IT

कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरूद्ध खोप लगाउन पाइने


काठमाण्डौसँग जोडिएका मुख्य चार नाका कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने छ ।

अस्तिदेखि सुरु भएको खोप कार्यक्रम आउँदो पुस ५ गतेसम्म चल्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । यी क्षेत्रमा रहेका खोप केन्द्रमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकले खोप लगाउन पाउने छन् ।

खोप लगाउन जाँदा उमेर खुलेको प्रमाण पत्र भने लैजानु पर्नेछ । काठमाण्डौ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले चारवटै खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका खोप दिइने जानकारी दिनुभयो ।

उहाँका अनुसार योसँगै महानगरका ३२ वटै वडामा तोकिएको खोप केन्द्रबाट आज र भोलि कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गरिँदैछ ।

यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरूलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार, स्वास्थ्य

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस