Techie IT

राखेपको सदस्य सचिवमा टङ्कलाल घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय


सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टङ्कलाल घिसिङलाई नियुक्त गरेको छ ।

सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेस गर्नुभएको थियो ।

सरकारले गएको कात्तिक १ गते तत्कालीन सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस