संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात

वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ । सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संस्थागत श्रम स्वीकृति पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति अनलाइन प्रणाली लागू गरेको हो ।
शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गर्नुभएको हो ।शुभारम्भ कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हकहित भन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने बताउनुभयो ।
उहाँले सरकारले संस्थागत रूपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरूको रोजगारी गुमेको गुनासो आउन थालेको बताउनुभयो ।मन्त्री श्रेष्ठले मेनपावरका कर्मचारीहरूलाई बेरोजगार बनाउने उद्देश्यले नभएर प्रणालीलाई सिस्टममा ल्याउँदा यस्तो अवस्था आएको दाबी गर्नुभयो ।
वैदेशिक रोजगार कार्यालयहरूले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको काममा ढिलासुस्ती र कसैलाई दुःख दिने कुरा मनैदेखि हटाउन कर्मचारीहरूलाई निर्देशन दिनुभयो । अब सरकारले वैदेशिक रोजगारीसम्बन्धी सबै कामहरू अनलाइन प्रणालीमार्फत् गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।
त्यस्तै, वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएसँगै सेवाग्राही, मेनपावरका प्रतिनिधिहरूले आफ्नो कार्यालयबाट नै काम गर्न सकिने बताउनुभयो ।
उहाँले संस्थागत श्रम स्वीकृति अनलाइनमार्फत् हुँदा सेवाग्राहीहरूले छिटो, छरितो र गुनासोरहित सेवा हुने अपेक्षा कार्यालयको रहेको बताउनुभयो । कार्यालय प्रमुख अर्यालले चालू आर्थिक वर्षको ९ महिना अर्थात् साउनदेखि चैत मसान्तसम्म ४ लाख ६४ हजार ४ सय २५ श्रम स्वीकृति भएको बताउनुभयो ।
कार्यालय प्रमुख अर्यालले अबको एक हप्ता पछि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाट नै गर्ने तयारीमा कार्यालय रहेको जानकारी दिनुभयो ।
क्याटेगोरी : राष्ट्रिय, रोजगार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस