प्रकृति सँग रमाउँदै तेरिया मगर (हेर्नुहोस् तस्बिरहरु)

तेरिया मगर घर रुपन्देही जिल्लाको रुद्रपुरमा पर्छ । उनले आफ्नो नृत्य बाट नेपाल र भारत बाट धेरै उपाधि जितिसकेकी छिन् । उनी सानै उमेर बाट नृत्यको अभ्यास गर्दै आएकी थिइन् ।
सन् २०१४ मा चर्चित भारतीय रियालिटी सो ‘डीआईडी लिटिल मास्टर’को विजेता बनेकी तेरिया त्यस लगतै उनी फेरी अर्को भारतीय रियालिटि सो ‘झलक दिखला जा’मा समेत विजेता बनिन् । १४ वर्षको उमेरमै चर्चीत रियालिटि सो को बिजेतापछी उनी निकै चर्चामा आएकी थिइन् ।
’तेरिया भविष्यमा कोरियोग्राफर बन्न चाहन्छिन् । अभिनयलाई पनि अगाडि बढाउन चाहन्छिन् । केही समय भारतमै करिअर बनाउने सोचमा छिन् उनी । १४ वर्षे उमेरमा डान्स इन्डिया डान्सको उपाधि जितेकी उनी अहिले १८ वर्षे जवान भएकी छन्।
तेरिया देश विदेशका कार्य्रकममा समेत निकै व्यस्त रहेकी हुन्छिन् । केही समय पहिले चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा काठमाण्डौ आएकी थिइन् । तेरिया मगरको बसाइ नेपालमा भन्दा बढी भारतमा हुने गरेकोले उनको बारेमा खबर कम आउने र मिडियामा समेत देखिन्नन् । उनी गायन क्षेत्रमा पनि अब्बल छिन्।
केही समय पहिले आफ्नो सुरिलो आवाजमा पहिलो पटक कभर गीत स्वर दिएकी छिन् । उनले “तिम्रो माया बाँधेर राख” गीतको कभर गीत बनाएकी हुन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै एक्टिभ रहेकी हुन्छिन् । फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा उनकाफलोअर्स पनि निकै छन्।
क्याटेगोरी : नेपाली पर्दा, फोटो फिचर, मनाेरञ्जन, मोडल वाच
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस