बन्द भएको ‘भन्द्रगोल’ टेलिश्रृखंला नयाँ कथावस्तु र नयाँ शैलीमा आजदेखि फेरि आउने पाँडे र जिक्रिको टिम नहुने

चर्चित हाँस्य टेलिश्रृखंला ‘भद्रगोल’ नयाँ कथावस्तु र नयाँ शैलीमा आजदेखि फेरि आउने भएको छ । केहि समयदेखि आन्तरिक समस्याका कारण बन्द भएको टेलिसिरियल भद्रगोल नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्लेसहितको निर्देशनमा आउने भएको हो ।
जानकारीअनुसार भद्रगोलको नयाँ श्रृखंलामा चर्चित कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिक्रि’ भने देखिने छैनन् । नयाँ श्रृंखलामा बाहुन डन भने थप नयाँ भूमिकासहित देखिने भएका छन् ।
हरेक शुक्रबार ८ स् ३० बजे प्रसारण हुने भद्रगोलमा निर्देशनको समेत जिम्मेवारी पाएका ज्योति काफ्ले मंगल थारुको भूमिकामा आउने छन् भने अशोक धिताल बाहुन डन बनेर आउनेछन् ।
‘विच काम विशेषले नियमित हुन सकिएन्’, काफ्लेले भने, ‘बहुचर्चित हास्य टेलिश्रृखला हामी सबै मिलेर जन्माएका थियौँ बन्द हुनुहुँदैन् भन्ने हाम्रो मान्यता हो, यहि कारण अब आफै निर्देशन सहित आएको छु, आशा छ, दर्शकको माया थप पाउनेछु ।’ khabar dabali
क्याटेगोरी : नेपाली पर्दा, मनाेरञ्जन, राष्ट्रिय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस