फागुन ९ गते देशभरी नै सेन्टीभाइरस लाग्ने

आउँदो शुक्रवा र अर्थात् फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टीभाइरस’ को चर्चा छ । चिववनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा जुटेका सीताराम कट्टेल ९धुर्मुस० पछिल्लो समय फिल्मका कारणले थप व्यस्त छन् ।
फिल्मको प्रचारका लागि यतिबेला राजधानीमा रहेका धुर्मुसले पत्रकार भेटघाटमा आफ्नो अभिनय रहेको फिल्म ‘सेन्टीभाइरस’ राम्रो बनेको प्रतिक्रिया दिए ।
‘हामीले सन्देशसहित दर्शकलाई मनोरञ्जन दिने खालको फिल्म बनाएका छौं, यो फिल्मको आधा नाफा चितवनमा बन्दै गरेको रंगशालाको सहयोगार्थ हुन्छ,’ कट्टेलले भने, ‘फिल्म मनोरञ्जनमूलक बनेको छ, समय दिन पाएको भए अझै राम्रो बन्थ्यो भन्ने चाहिँ लाग्छ ।’
रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्म लामो समयदेखि बन्ने चर्चा थियो । आफ्नो व्यस्त समयका कारण धुर्मुस फिल्मको प्रचारका लागि खासै हिँड्न पाएका छैनन् ।
फिल्ममा धुर्मुसका अलावा दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, बुद्धि तामाङ, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।
कमेडी रुचाउने दर्शकले यो फिल्म मन पराउने अनुमान गरिएको छ । यसअघि रिलिज भएको फिल्मको ट्रेलरले राम्रो चर्चा कमाएको छ ।फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका छन् भने कुमार कट्टेल र दीपक आचार्यले कथा लेखेका हुन् ।
फिल्ममा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन र शंकर बिसीको कोरियोग्राफी छ ।
क्याटेगोरी : नेपाली पर्दा, मनाेरञ्जन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस