Techie IT

कैलालीमा गोली हानेर चित्तल मारियो


कैलालीमा शिकारीले गोली हानेर एक चित्तल मारेका छन्।

जिल्लाको बर्दागोरिया गाँउपालिका वडा नम्बर ३ को लालिगुराँस सामुदायिक वनमा शिकारीको गोली लागरे मृत अवस्थामा स्थानीयले चितल फेला पारेका हुन्।

सामुदायिक वनमा बन्दुक पड्केको आवाज सुनेपछि साइनिङ्ग स्टार युवा क्लबका पदाधिकारी, स्थानीय र वनका पदाधिकारीको गस्ती टोलीले चित्तल भेटाएको थियो।

स्थानीयले रामपुर रेन्जर पोष्टबाट खटिएका कर्मचारीलाई चित्तल बुझाएका थिए। चित्तललाई खाल्डोमा गाडेको वन अधिकृत दिलिप यादवले जानकारी दिए। स्थानीयले वनबाट भरुवा बन्दुक समेत बरामद गरेका छन्।


क्याटेगोरी : समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस