लाखौँ खर्च गरिए पनि बान्नीगढीमा बाल बिवाह अझै रोकिएन

धनराज साउँद, अछाम ।
बान्नीगढी जयगढ गाउँपालिकामा बालबिवाह बिरुद्धको उजुरी गर्नेे क्रम बढ्दै गएको छ ।
गाउँपालिकाको न्यायीक समितिमा बाल बिवाह बिरुद्ध उजुरी गर्ने क्रम बढ्दै गएको हो । यसै बिच न्यायीक समितिमा सोमबार पनि बालबिवाह बिरुद उजुरी दर्ता भएको छ ।
सरस्वती माद्यामिक बिद्यालय जयगढमा गठित रामारोशन बाल क्वलवका पदाधिकारीले बिद्यालयमा अध्ययनरत एक छात्राले उमेरै नपुगी बिवाह गरेको भन्दै समितिमा उजुरी दिएका हुन ।
बान्निगढि जयगढ गाउँपालिका वडा नम्बर ३ कि १७ बर्षीया एक किशोरीले उमेरै नपुगी बाल बिवाह गरेका कारण बाल बिवाह रोक्का गर्नुपर्ने भन्दै बालक्लवका पदाधीकारीले उजुरी गरेको बताईएको छ ।
बाल बिवाह समन्धि उजुरी आएसँगै न्यायिक समिती सँयोजक तथा गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले उजुरीबारे अनुसन्धान गरि कार्वाहि गर्ने उल्लेख गर्नु भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकाले बाल बिवाह न्युनिकरणका लागी बिद्यालयस्तरमा बिभिन्न कार्यक्रम गरेपनि बाल बिवाह गर्ने क्रम अझै रोकिएको छैन । यस अघि गाउँपालिकाको वडा नम्बर ६ दर्नाका बाल क्लवका पदाधिकारीले पनि बाल बिवाह बिरुद्ध २ पटक उजुरी दिएका थिए ।