पहिलो पटक गाउँमा गाडी पुगे सँगै जनप्रतिनिधिलाई भव्य स्वागत

पहिलो पटक जिप पुगे सँगै स्थानिय निकै हर्षित

दिनेश केशी
पहिलो पटक गाउँमा गाडी पुगे सँगै स्थानियले जनप्रतिनिधिलाई भव्य स्वागत गरेका छन । अछामको पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ७ पुलेतोलाको साबिको वडा नम्बर ४ मा पहिलो पटक जिप पुगेको हो ।


पहिलो पटक जिप पुगे सँगै स्थानिय निकै हर्षित भएकका छन । पन्चदेवल बिनायक नगरपालिकाका उप प्रमुख तथा अनुगमन समिति सँयोजक अम्बिका चलाउने नेत्रित्वको टोलीलाई सोमबार पुल्लेतोला का स्थानियले फुलमाला सहित अविरले स्वागत गरेका हुन ।

बिकासे योजनाको को अनुगमनका क्रममा आज पन्चदेवल बिनायक नगरपालिकाद्धारा वडा नम्बर ७ पुल्लेतोलको वडा कार्यलयदेखि पाँचेरवाको अनुगमन गरिएको छ । आर्थिक बर्ष २०७५÷०७६ को नगर सभा बाट विनियोजित रु दस लाख को लागतमा निर्माण भएको सडको अनुगमन पश्चात काम सन्तोषजनक रहेको अनुगमन समितिले निश्र्कष निकालेको छ ।

अनुगमनकै क्रममा सोमवार वडा नम्बर ५ लयाँटीको सडकको पनि अनुगमन गरिएको छ । सबै नगरपालिकाको केन्द्रविन्दु रहेको लयाँटमिा सडक निर्माणले पछिल्लो समय तिब्रता पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker