जयगढ बजारमा पानीको हाँहाकार – खानेपानीका लागी गाउँपालिकाले खर्च गरेको ४० लाख बालुवामा पानी

धनराज साउँद
अछामको प्रमुख व्यापारी केन्द्र जयगढ बजारमा खानेपानीको हाँहाकार भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र रहेको जयगढ बजारमा साता दिन बढि देखी खानेपानीको हाँहाकार भएको हो । जयगढ बजारमा खानेपानीको व्यवस्थापनका लागी बिस्तार गरिएका दुई वटै खानेपानी योजनाको पाईप लाईन अवरुद्ध भएका छन ।
सिलामुल जयगढ खानेपानी योजना र छातासैन जयगढ खानेपानी योजनाको पाईप लाईन अवरुद्ध हुदा हाल जयगढ बजारबासी घण्टौ हिनेर पानी ल्याउन बाध्य भईरहेका छन ।
खानेपानी अवरुद्ध भएसँगै जयगढ बजारबासी व्यापारी तथा स्थानिय सर्वसाधारण गाउँपालिकाको वडा नम्बर २ जनालीकोटमा रहेको मार्सेधारा, लामागाउँ,सुकिबाग लगायतका ठाउँबाट खानेपानी ल्याउन बाध्य भईरहेका छन ।
जयगढ बजारमा खानेपानीको हाँहाकार भएसँगै बिद्यार्थीको पठन पाठनमा समेत बाधा पुगेको छ । सरस्वती माद्यामिक बिद्यालय जयगढका प्रधानाध्यापक झपटसिँह रावलले खानेपानीका लागी टाढा जानुपर्ने भएकाले बिद्यार्थीको नियमित पठन पाठनमा निकै बाधा पुग्दै आएको बताउनुभयो ।
जयगढ रोड बजारमा होटल व्यवसाय सँचालन गर्दै आएका झप्पर ठकुल्लाले खानेपानीको समस्याका कारण व्यवसाय सँचालन गर्न समस्या भएको गुनासो गर्नु भएको छ ।
बान्नीगढी जयगढ गाउँँपालिका वडा नम्बर ४ का टेक बहादुर ठकुल्ला भने खानेपानीको हाँहाकार हुनुमा गाउँपालिकाको कमजोरी रहेको बताउनु भएको छ । ४० लाखको योजना निर्माण भईसके पश्चात नियमित रुपमा सँचालनका लागी गाउँपालिकाले आवश्यक व्यवस्थापनमा ध्यान दिन नसेको उहाको भनाई छ ।
गाउँपालिका उपाध्यक्ष लोब बहादुर साउँदले भने खानेपानी लाईन बिस्तार गरिएको ठाउँमा सडक निर्माणको काम भईरहेका कारण खानेपानी नियमित हुन नसकेको बताउनु भएको छ । ४० लाखको लागतमा निर्माण गरिएको सिलामुल जयगढ खानेपानी योजनाको काममा स्टमेट अनुसारको काम नभएका कारण पनि पानी अनियमित बन्न पुगेको उहाले खुलासा गर्नु भएको छ । स्टमेट अनुसार सिलामुल जयगढ खानेपानी योजनाको काम नभएको बताउनु भएका उपाध्यक्ष साउँदले खानेपानी नियमित रुपमा सँचालन हुने दावी गर्नुभएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस