Techie IT

अछाममा २ वटा बार ईकाई गठन


कानुन व्यवसायीहरुको संगठन जिल्ला बार इकाई अछामको नेतृत्व प्रति असन्तुष्टहरुले छुट्टै कार्यसमिति गठन गरेका छन् ।

भर्खरै सम्पन्न अधिवेशनबाट गठीत अधिवक्ता कृष्णप्रसाद ढुंगाना अध्यक्ष रहेको कार्यसमिति बैधानीक नरहेको भन्दै अर्का अधिवक्ता गणेश ढुंगानाको अध्यक्षतामा आज फेरी अर्को समिति घोषणा गरिएको हो । घोषणा गरिएको कार्यसमितिमा सबै कांग्रेस निकट कानुन व्यवसायी रहेका छन् ।

जसमा अध्यक्षमा गणेशप्रसाद ढुंगाना, उपाध्यक्षमा बिर बहादुर शाही, सचिवमा मीनबहादुर शाह, कोषाध्यक्षमा केशर बहादुर शाह रहनु भएको छ भने सदस्यहरुमा पुष्पबहादुर शाह, मातृका भण्डारी, रामबहादुर शाही र पुष्पराज शर्मा रहेका छन् ।

जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरको प्रमुख आतिथ्यतामा आज मंगलसेनमा आठौ अधिबेशनको आयोजना गरी उनीहरुले समिति घोषणा गरेका हुन् ।

घोषणा गरेको समितिका सदस्य मातृका भण्डारीका अनुसार यसअघि गठिन कृष्णप्रसाद ढुंगाना अध्यक्ष रहेको समितिले कांग्रेस निकट कानुन व्यवसायीहरुलाई नयाँ सदस्य नदिएको तथा भएका सदस्यता समेत नबीकरण नगरेपछि यो समस्या आइपरेको हो ।

तर कृष्णप्रसाद ढुंगाना अध्यक्ष रहेको समितिले यसअघि पत्रकार सम्मेलन गरी उनीहरु वैधानीक रुपमा समन्वयमा नआएको र विधान अनुसारका कागजात सहित सदस्यता माग नगरेको तथा लामो समय सदस्यता नबीकरण नगरेको जनाएको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस