सामुदायिक रेडियो साँफेबगर १०१ मेगाहर्जको परिक्षण प्रसारण सुरु

सामुदायिक रेडियो साँफेबगर १०१ मेगाहर्जको परिक्षण प्रसारण सुरु गरेको छ ।
विकास र सुशासनका लागि गाँउ देखी भन्ने नारा लिएको रेडियोले आज शुक्रबारबाट एफ.एम. बैण्डमा १०१ मेगाहर्ज मार्फत परिक्षण प्रसारण गरेको हो ।

साँफेबगर संचार समुहद्धारा संचालित साुमदयिक रेडियो साँफेबगरको प्रसारणले यस क्षेत्रका विकास, सुशासन, धार्मिक, पर्यटन, संस्कृति लगायतका क्षेत्रको विकासमा टेवा पुग्ने रेडियोका अध्यक्ष रामबहादुर कुवँरले बताउनु भयो ।

आम नागरिक लाई सुशुचित गराउन रेडियो साँफेबगरले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरेको उहाँको भनाई छ । b५०० वाट क्षमता रहेको रेडियो साँफेबगर एयरपोर्ट बजारबाट आफ्नो प्रसारण आरम्भ गरेको हो ।

रेडियोले यस क्षेत्रका समस्या समाधानका लागि भुमिका खेल्न र विकासमा सहयोगी भएर का मगर्ने रेडियो संचालक समितीका उपाध्यक्ष कृष्ण कुवँरले बताउनु भयो । आँउदो सोमबार रेडियोको औपचारिक उद्घाटनको कार्यक्रम रहेको भन्दै उहाँले २ हप्ता भित्रै नियमित प्रसारण गर्ने तयारी रहेको बताउनस भयो ।

रेडियो साँफेबगर संचालनमा आएसंगै अछाम जिल्लामा रेडियोको संख्या ८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker