बान्नीगढी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु ( भिडियो )

धनराज साउँद
बान्नीगढी जयगढ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्य सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले आईतवार एक कार्यक्रमका बिच रोजगार कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । कार्यक्रम अन्र्तगत बान्नीगढी जयगढ गाउँपालिकामा सय ४३ जनाले २० दिनका लागी रोजगार प्राप्त गर्ने भएका छन ।
गाउँपालिकाले गोरेटो बाटो निर्माण, सरसफाई मन्दिर सरसफाई लगायतका काममा २सय ४३ जनालाई रोजगारी दिईने छ । रोजगारीका लागी १३ जनाले आवेदन दिएकोमा १ हजार १ सय जना सुचिकृत भएका छन ।
जस मध्य पहिलो चरणका प्राथमिकताका आधारमा २ सय ४३ जनाले २० दिनका लागी रोजगार पाएका हुन । रोजगारीका लागी अति विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई छनोट गरी रोजगारी दिईएको गाउँपालिकाको रोजगार सेवा केन्द्रले जनाएको छ । आईतवारबाट बान्नीगढी जयगढ गाउँपालिकाका ६ वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन सुरु गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर १ गाँज्रा कोटघरमा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतमा भएको रोजगार शुभारम्भ कार्यक्रमका क्रममा गाउँपालिकाका रोजगार अधिकृत रुपकराज ओझाले पहिलो बेरोजगार भएकाहरुलाई कम्तीमा १०० दिन मात्रै भएपनि रोजगार प्रदान गर्ने उद्धेश्यले यो कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र गोरेटोबाटे,सडक निर्माण,सरसफाई लगायतका कार्य सँचालन हुने उहाले बताउनु भएको छ ।
रोजगार कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष तथा रोजगार निर्देशक समिति सँयोजक राजेन्द्र बहादुर खड्काले रोजगार कार्यक्रमले बेराजगारलाई रोजगार मात्र बनाउने नभई आ आफनो गाउँठाउँको बिकास गर्न मौका दिएको उल्लेख गर्नुभएको छ ।
गाउ टोलमा बिकास निर्माणका काममा सहभागीता सँगै आर्थिक लाभ समेत उपलव्ध हुने भएकाले ईमान्दारीताका साथ काम गर्न उहाँले अनुरोध गर्नुभयो ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस