Techie IT

जयगढमा भएको मदिरा बिवादबारे नेता रावलले यस्तो भने


नेपाल कम्युनिष्ट पार्टि नेकपाका स्थाई कमीटी सदस्य तथा पुर्व उपप्रधान रक्षामन्त्री भिम रावलले अहिलेको परिस्थीतीमा यो देश र राष्ट जोगाउने काम नेकपाको प्रमुख जीम्मेवारी भएको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टि नेकपा जयगढ अछामले आयोजना गरेको आमसभा कार्यक्रम लाई सम्बोधन गर्दै रावलले देश कम्युनिष्टको काधमा अगाडी बढीरहेको बताउनुभयो । देश कम्युनिष्ट सरकारको काधमा रहेकाले कार्यक्रताहरु सबै जुटेर देशको समृद्धी सुसासन कायम गर्नेमा जोड दिनुभएको छ ।

साथै नेता रावलले जयगढमा कमशल मदिरा बन्दको माग गर्दै आन्दोलन हुँदा समेत जनप्रतिनिधि मौन बस्नु लज्जास्पद भएको बताउनुभयो । व्यक्तिको निजि स्वार्थका लागी कमशल मदिरा बिक्रि बितरण खुल्ला गरिएको नेता रावलले आरोप लगाउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टि नेकपाका जिल्ला कमिटी सदस्य नवराज साउँदको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा जिल्ला अध्यक्ष शेर बहादुर कुवँर,प्रदेश सदस्य गोबीन्द कुवँर,सरद सिहँ भण्डारी, जिल्ला सचिव झपट साउँद,प्रदेश सदस्य कृष्ण प्रसाद जैसि लगायत नेता कार्यक्रताहरुको सहभागीता रहेको थियो ।

जिल्ला कमिटी सदस्य निर्मला रावलको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन जल्ला कमिटी सदस्य लोकन्द्र साउँदले गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस