Techie IT

बान्नीगढी गाउँपालिकाद्धारा ७ जना कृषकलाइ बोयर जातको बोका बितरण ( भिडियो )


बान्नीगढी जयगढ गाउँपालिकाले वोयर जातका ७ बोका बितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाले आईतबार ७ जना कृषकलाई वोयर जातका बोका बितरण गरेको हो ।

बोका बितरण गर्दै गाउँपालिका अध्यक्ष खड्काले कृषकलाई बोकाहरुको हेरसम्भार र सदुपयोग गर्न आग्रह गर्नु भएको छ ।

बाख्राको नश्ल तथा जातीय गुण परिबर्तन गर्न ७ जना कृषकलाई बोयर बोका बितरण गरिएको गाउँपालिकाले जनाएको छ । बोका बितरण सँगै गाउँपालिका क्षेत्रमा मासु तथा मासुजन्य पदार्थको सहज आपुर्ती हुने अपेक्षा गरिएको छ ।

बोका पाउनेमा गाउँपालिकाको वडा नम्बर १ का बिशाल खड्का,वडा नम्बर २ का गणेश साउँद,वडा नम्बर ३ का बल बहादुर साउँद, वडा नम्बर ४ का ललित आउजी,वडा नम्बर ५ का बलेन्द्र रावल,वडा नम्बर ६ का गगन लुहार र जयगढ बजार क्षेत्रका केवलसिँह साउँद रहेका छन ।

-हेरौँ भिडियो :


क्याटेगोरी : समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस