Techie IT

पत्रकार ढुंगानाको चरित्र हत्या गर्नेलाई प्रेस यूनियनद्धारा कारबाहीको माग


९ असार अछाम ।
नेपाल प्रेस यूनियन अछामले पत्रकार ढुंगानाको चरित्र हत्या गर्नेलाई कुाननी कारबाहीको माग गरेको छ ।
आज एक विज्ञप्ती जारी गर्दै घट्नाको सत्यतथ्य छानबिन गरि दोषीलाई तत्काल कानुनी कारबाहीका लागि माग गरिएको हो ।

कुरिती तथा अनियमितताका विरुद्ध सशक्त रुपमा कलम चलाउदैँ अछाम तथा यस क्षेत्रको समग्र विकास र सुशासनका पक्षमा वकालत गर्दे आउनु भएका पत्रकार ढंगाना माथि यस्तो नियोजित तरिकाले बदनाम गराउने कार्यले समग्र पत्रकारीता क्षेत्रको खिलाप र खिल्ली उडाउने कार्य पुष्टी भएको भन्दै कारबाहीको लागि माग गरिएको छ ।

ईटहरीका मेयर द्धारिकालाल चौधरीले महिलालाई प्रयोग गरेको अपशब्दका बिषयमा स्टाटस लेखेको भन्दै केही व्यक्तीहरुले पत्रकार ढुंगानालाई बदनामी गराउने उद्देश्यले सामाजिक सञ्जालमा गाली बेईजती कार्य प्रति यूनियन जिल्ला शाखा अछामले विज्ञप्ती मार्फत घोर आपत्ति प्रकट गरेको छ ।

यूनियन अछामका कार्यबाहक सभापति साँउदद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ बिधिको शासनमा चित्त नबुझे कानुनी बाटो हुदाँ हुदै सामाजिक संजालमा पत्रकारको मनोबल गिराउने र पत्रकारीता क्षेत्रलाई नै होच्याउने कार्यको युनियन अछाम घोर भ्रत्सना गर्दछ भने ढुंगानालाई आफ्नो पेशा बाट कत्तिपति बिचल्ति नभई नियमित रुपमा पत्रकारीता क्षेत्रमा क्रियाशिल हुन पनि आग्रह गरेको छ ।

विज्ञप्तीको पुर्णपाठ यहाँ संलग्न गरिएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!