दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिने

दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खननको सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित ‘चाइना जियोलोजिकल सर्भे’को टोली दैलेख आउन लागेको हो ।

दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्को सम्भावना अध्ययन गर्न टोली दैलेख आउन लागेको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक डा। सोमनाथ सापकोटाका अनुसार नेपाल र चिनियाँ टोली आइतबार दैलेख आइपुग्नेछ । विभागका महानिर्देशक सापकोटाले आइतबार दैलेख पुगेर पेट्रोलियम अन्वेषण सुरु गरिने जानकारी दिनुभयो ।
चीनले नेपालमा पहिलो पटक पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गर्न लागेको उहाँले बताउनुभयो । महानिर्देशक सापकोटाका अनुसार अन्वेषणका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक टोली नेपाल आइसकेका छन् । फरकफरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको काम थालनी गरिने महानिर्देशक सापकोटाले जानकारी दिनुभयो ।
‘हामीले सुरुमै आएर उत्खनन् गर्ने होइन्’, महानिर्देशक सापकोटाले भन्नुभयो, ‘अबको अन्वेषणले पेट्रोलियम खानीबाट व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने भन्ने पहिल्याउने छ ।’ व्यावसायिकरुपमा उत्पादन गर्न सम्भव भए कुन क्षेत्रमा उत्खनन् गर्दा सहज हुन्छ भन्नेबारे अध्ययन पनि गरिने उहाँको भनाइ छ ।

उत्खनन लागतअनुसारको व्यावसायिक उत्पादनको सम्भाव्यता यकिन गरिने विभागका महानिर्देशक सापकोटाले बताउनुभयो । दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । दैलेखको श्रीस्थान जमीनमुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करीब ३०० वर्षदेखि बलिरहेको स्थानीय बताउँछन् । दैलेखकै नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । विभागका महानिर्देशक सापकोटा ती सबै स्थानमा अन्वेषणको गरिने बताउनुभयो ।
‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’ का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौता भएको थियो । यो सम्झौताको अवधि तीन वर्षको छ । चिनियाँ र नेपालको विज्ञ र प्राविधिक टोलीले पहिलो चरणमा दैलेखलगायत तानसेनमा समेत भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचान गर्ने विभागका महानिर्देशक सापकोटाले बताउनुभयो । उहाँका अनुसार दोस्रो चरणमा दैलेखमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ ।

तेस्रो चरणमा समग्र नेपालमा पेट्रोलियम भौगर्भिक अवस्थाबारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने उहाँको भनाइ छ । ‘तीन वर्षमा हामीले तोकिएको क्षेत्रमा पेट्रोलियम खानीको अन्वेषण गरेर व्यावसायिक सम्भाव्यता छ÷छैन भन्ने टुङ्गो लगाउनेछौँ’, विभागका महानिर्देशक सापकोटाले भन्नुभयो । दैलेखबाट प्रदेश र सङ्घमा निर्वाचित सांसद र स्थानीयवासीले पनि दैलेखमा रहेको पेट्रोलियम ग्यास उत्खनन गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । उज्यालो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker