साँफेबगरमा दुई दर्जन भन्दा बढि कुकुरलाई बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप लगाईयो

साँफेबगर नगरपालिकामा ३६ वटा कुकुरलाई बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप दिईएको छ ।
साँफेबगर नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा कुकुरहरुलाई बन्ध्याकरण गरिएको पशु सेवा शाखाले जानकारी दिएको छ । नगरभित्र रहेका, घरमा पालेका र घरबाहिर रहेका कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सीन बन्ध्याकरण गरिएको पशु सेवा शाखाका प्रमुख पदम थापाले जानकारी दिनुभयो ।
भाले कुकुर ३१ वटा र पोथी कुकुर ५ वटा गरी ३६ कुकुरको बन्ध्याकरण गरिएको हो । छाडा कुकुरहरुलाई कम गर्न र मानिसमा लाग्ने रोगहरु कुकुर बाट पनि सर्ने भएको हुनले यस्लाई न्युनिकरण गर्ने उदेश्यले कुकुरहरुलाई बन्ध्याकरण तथा रेबिज खोप दिईएको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो । मार्नु भन्दा पनि बन्धाकरण र रेबिज बिरुद्धको भ्याक्सीन बाट नैे कुकुर आफै घटेर जाने भएका नगरपालिकाले शिबिरको आयोजना गरेको नगर प्रमुख कुँवरले बताउनुभयो ।
पछिल्लो चरणमा भुस्याहा कुकुरलाई मार्ने मानसिकता धेरै भएकाले मार्नु भन्दा पनि बन्ध्याकरण र रेबिज खोप बिरुद्धको भ्याक्सीनले कुकुरहरु बढनमा कम हुने भेटेरीनरी अस्पताल वाजुराका पशु सेवा विज्ञ डा. शंकर पाण्डेलेले बताउनुभयो । कुकुरहरु बाट धेरै किसिमको रोगहरु सर्ने भएकाले बन्ध्याकरण बाट नै नियन्त्रण गर्न सकिने उहाँको भनाई रहेको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख डा. शंकर पाण्डेको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्याक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादर कँुवर रहनु भएको थियो ।